२७ अंकले घट्यो सेयर बजार, कारोबार रकम पनि घट्यो

२७ अंकले घट्यो सेयर बजार, कारोबार रकम पनि घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–मंगलबार सेयर बजार २७.३९ अंकले घटेको छ ।आज नेप्से परिसुचक घटेर २६६३.३२ अंकमा आइपुगेको छ ।

यो दिन नेप्से सूचक मात्र नभइ कारोबार रकम पनि घटेको छ । हिजो झण्डै ८ अर्बको कारोबार भएकोमा आज ४ अर्ब ५९ करोड रुपैयाँको मात्रै कारोबार भयो ।

आज २०७ कम्पनीको सेयर मूल्य घट्दा ३५ कम्पनीको सेयरमूल्य बढेको छ। घट्नेमा इष्ट्रन हाइड्रो, बुद्दभूमी हाइड्रो अगाडि छ।

यो दुवै कम्पनीको सेयरमूल्य क्रमश ८.५० र ७.२४ प्रतिशतले घटेको हो । यस्तै बढ्नेमा भने आज मिड सोलु हाइड्रो अगाडि देखिएको छ। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको बृद्धि सहित सकारात्मक सर्किट लागेको छ भने बुटवल पावर कम्पनी पनि ६.८३ प्रतिशतको वृद्धिसहित धेरै कमाउनेमा दोस्रो नम्बरमा आएको छ।

कारोबारको आधारमा भने आज एनलजी इन्स्योरेन्स अगाडि छ। यो कम्पनीको २७ करोड रुपैयाँको सेयर कारोबार हुँदा नेपाल फाइनान्सको २३ करोडको कारोबार भएको हो।