कस्तो रहला आइतबार देशभरको मौसम? यस्ताे छ पूर्वानुमान

कस्तो रहला आइतबार देशभरको मौसम? यस्ताे छ पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ ।

नेपालको लुम्बिनी,सुदुरपसश्चिम र कर्णाली प्रदेशमा पश्चिमि बायुको प्रभाब सामान्य र कोशी प्रदेश, मधेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा अंशिक प्रभाब रहेको छ साथै स्थानीय बायुको पनी अंशिक प्रभाब रहेको छ।

हाल कोशी प्रदेश र मधेश प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।