तनहुँ – तनहुँ जिल्लाको व्यास नगरपालिका–६ श्याम्घास्थित मादी नदीमा नुहाउने क्रममा आईतबार १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपुरको गैंडाकोट नगरपालिका–२ बस्ने ४० वर्षीय नारायण पोख्रेल रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नदीले बगाएको स्थानदेखि १ किलोमिटर तल पोख्रेलको शव फेला परेको प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिए । दशैंको टीका थाप्न ससुराली आएका पोख्रेललाई नुहाउने क्रममा नदीले बगाएको थियो ।
स्थानीय र प्रहरीले खोजतलास गरी उनको शवलाई बाहिर निकालेका छन् ।




प्रतिक्रिया