डडेलधुरा बस दुर्घटना अपडेट : मृतकको संख्या पाँच पुग्यो

डडेलधुरा बस दुर्घटना अपडेट : मृतकको संख्या पाँच पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-डडेल्धुरामा भएको बस दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ ।

घटनास्थलमा बुधबार थप एकजनाको शव फेला परेसँगै मृतकको संख्या पाँच पुगेको हो । बैतडीको पुर्चौडी नगरपालिका–१० की ६० वर्षीया गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस मंगदबार राति डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा दुर्घटना भएको थियो ।

दुर्घटनामा मृत्यु भएका अन्य चारजनाको पनि यसअघि नै सनाखत भइसकेको छ । पुर्चौडी–३ बस्ने ४५ वर्षीया जैमती बोहरा, दुई दिनको शिशु, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको घटनास्थलमै मृत्यु भएको हो । बस सडकबाट झण्डै तीन सय मिटर खसेको थियो ।