काठमाण्डु-सत्तामा दलहरूको बैठक शुक्रबार पनि बस्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बोलाइएको छ ।
यसअघि बुधबार पनि सत्ता दलहरूको बसेको थियो । बैठकमा सरकार र मन्त्रीहरूका कामकारबाही तथा समसामयिक राजनीतिक विषयमाथि छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओलीले बुधबार सरकारको १०० दिनको प्रगति विवरण सार्वजनिक गरेका थिए ।
बैठकमा सत्तामा रहेका दलहरू कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टी नेपाल सहमागी हुनेछ ।




प्रतिक्रिया