इन्टरपोलबाट रेड नोटिस जारी भएर फरार बिनु कम्बोडियाबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएर फरार बिनु कम्बोडियाबाट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वैदेशिक रोजगारी ठगी लगायत मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी फरार प्रतिवादी सिन्धुपाल्चोकको मान्खा घर भएकी बिनु शाक्य पक्राउ परेकी छन् ।

कम्बोडिया सरकारको समन्वयमा पक्राउ परेकी उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ आईतबार नेपाल फिर्ता ल्याइएको छ ।

वैदेशिक रोजगारीमा सिंगापुर पठाइदिन्छु भनी ४० जनाभन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरी फरार भएकी बिनु शाक्य र उदयपुरको त्रियुगा नगरपालिका–१० ठेगाना भएका सुजन आचार्यलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध भएपश्चात २०८० माघ १९ गते उनीहरूविरूद्ध रेड नोटिस जारी भएको थियो ।

अन्तर्राष्ट्रिय स्तरमा खोजतलास गरी नेपाल फिर्ता ल्याएर सम्बन्धित कसूरमा कानूनी कारवाही गराउनका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाबाट इन्टरपोलका सम्पूर्ण सदस्य राष्ट्रहरूलाई पत्राचार गरिएकोमा २०८१ असोज १ गते कम्बोडियाबाट दुवै जनालाई पक्राउ गरिएको थियो । पक्राउमध्ये सुजनलाई गत कात्तिक ९ गते नेपाल फिर्ता ल्याइएको थियो ।

बिनुलाई सम्बन्धित कसूरमा कानून बमोजिम कारवाही गराउने प्रयोजनार्थ प्रहरी वृत्त कालिमाटीमा बुझाइएको छ ।