बर्दिया – अवैध लागूऔषध ब्राउनसुगरसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर करीब ६८० मिलिग्रामसहित २ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बढैयाताल गाउँपालिका–५ बस्ने ३० वर्षीय अर्जुन कुमार र २८ वर्षीय सागराम थारू रहेका छन् । प्रहरी चौकी जमुनी बर्दिया र बीओपी फुटाहबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका अर्जुनलाई ३१० मिलिग्राम र सागरामलाई ३७० मिलिग्राम ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको छ ।
लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया