झिनो अंकले ओरालो लाग्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

झिनो अंकले ओरालो लाग्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–बुधबार पनि सेयर बजार झिनो अंकले ओरालो लागेको छ । आज नेप्से सूचक १.८८ को झिनो अंकले घटेको हो। यो दिन परिसुचक २६७५ अंकमा कायम भएको छ।

आज कारोबार रकम भने बढेको छ । मंगलबार ४ अर्ब २० करोड रुपैयाँको सेयर कारोबार भएकोमा बुधबार बढेर ५ अर्ब २२ करोडको कारोबार भएको छ।

आज कारोबारमा आएका ३२० कम्पनीमध्ये १२१ कम्पनीको मूल्य बढेको छ भने ११७ कम्पनीको मूल्य घटेको छ । यस्तै ६ कम्पनिको मूल्य स्थिर रहेको छ ।

आज नारायणी विकास बैंकको सेयरमूल्य १० प्रतिशतले बढ्यो भने बलेफी हाइड्रो, पिपुल्स हाइड्रोको मुल्य पनि सर्किट लेबलमै बढ्न पुग्यो।

यता घट्नेमा भने कुथली बुखारी हाइड्रो अगाडि छ। यो कम्पनीको सेयरमूल्य ९.५५ प्रतिशतले घटेको छ। योबाहेक आज घट्नेमा नेपाल फाइनान्स, समाज लघुवित्त लगायतका कम्पनीहरु पनि अगाडि देखिएका छन् ।