माओवादी केन्द्र उपनिर्वाचन एक्लै लड्ने

माओवादी केन्द्र उपनिर्वाचन एक्लै लड्ने

फाइल तस्बिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – १६ मंसिरमा हु्ने स्थानीय तहको उपनिर्वाचन प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र एक्लै लड्ने भएको छ ।

सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकले उपनिर्वाचन एक्लै लड्ने निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए ।

यो सँगै माओवादीले उपनिर्वाचनमा अन्य दलसँग तालमेल गर्ने बाटो बन्द भएको छ ।

यद्यपि आवश्यकताअनुसार केही स्थानमा भने विपक्षी मोर्चामा रहेका केही दलसँग तालमेल भने गर्न सकिने ढोका खुलै राखिएको सचिव शर्माले बताए । उपनिर्वाचन स्थानीय तहका ४४ पदका लागि हुँदैछ ।