विद्युत् चोरी गर्ने ५३ जना कारबाहीमा, ६ लाख जरिवाना

विद्युत् चोरी गर्ने ५३ जना कारबाहीमा, ६ लाख जरिवाना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान – हुकिङ गरी विद्युत् चोरी गर्ने ५० भन्दा बढी व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्रले पक्राउ गरी जरिवाना गरेको छ। उक्त केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाका विभिन्न स्थानबाट सोमबार २८ र मंगलबार २५ गरी ५३ जनालाई पक्राउ गरेको हो।

अनुगमनका क्रममा हुकिङ गरी विद्युत् चोरी गरिरहेको पाइएका सबैलाई नियन्त्रणमा लिई विद्युत् चुहावट ऐनबमोजिम जरिवाना गरिएको केन्द्रले बताएको छ। जरिवानाबाट पाँच लाख ८६ हजार रुपैयाँ राजस्व स‌ंकलन भएको केन्द्रले जनाएको छ। यस क्रममा विद्युत् मिटर, पङ्खा र टिभी, एलइडीलगायत सामान पनि बरामद गरिएको थियो।