गोंगबुबाट अपहरणमा परेका बालक प्रयास कुँवरको हत्या,झोलामा शव भेटियो

गोंगबुबाट अपहरणमा परेका बालक प्रयास कुँवरको हत्या,झोलामा शव भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको गोंगबुबाट दुई दिनअघि बेपत्ता भएका आठ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको छ । बालकको शव म्हेपीमा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

गोंगबुमा त्रिवेणी स्वस्तिका गेष्ट हाउस सञ्चालन गर्दै आएका प्रदीप कुँवरसँग आफ्नै ड्राइभर महेन्द्र सार्कीसँग भएको सामान्य विवाद नै बालक हत्याको कारण बनेको देखिएको छ। त्रिवेणी गेस्ट हाउसकै गाडी चलाउँदै आएका स्याङ्जाको भीरकोट नगरपालिका निवासी महेन्द्र सार्कीले आफ्नै मालिकाको छोराको मंगलबार अपहरण गरी हत्या गरेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले जानकारी दिए ।

‘होटल सञ्चालकका छोराको उनकै ड्राइभरले पैसाका लागि अपहरणपछि हत्या गरी मेहेपीस्थित पुलमुनि जेब्रा झोलामा शव राखेको अवस्थामा भेटियो’, उप्रेतीले भने, ‘प्रारम्भिक अनुसन्धानमा बालकको अहपरण पैसाका लागि गरेको देखिएको छ । हत्यामा संलग्न अभियुक्त पक्राउ परिसकेका छन् ।’

प्रविणले २०६३ सालदेखि मित्रनगरमा त्रिवेणी गेस्ट हाउस चलाउँदै आएका थिए । उप्रेतीका अनुसार कार्कीले घटना पनि स्वीकारिसकेका छन् । हाल पक्राउ गरी महानगरीय प्रहरी अपराध महाशाखामा राखिएका चालक सार्की र पीडित परिवारको भनाइलाई आधार मान्दा बालक हत्याको कारण दुई पक्षबीच भएको सामान्य विवाद नै देखिन्छ।