सम्पत्ति शुद्धीकरणलाई प्रभावकारी बनाउन ७ सदस्यीय कार्यदल गठन

सम्पत्ति शुद्धीकरणलाई प्रभावकारी बनाउन ७ सदस्यीय कार्यदल गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउन ७ सदस्यीय कार्यदल गठन गरिएको छ ।

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशक समितिको बैठकले गरेको निर्णयअनुसार राष्ट्रिय समन्वय समितिका संयोजक कार्यदलको संयोजक रहने अर्थ मन्त्रालयले जनाएको छ ।

सदस्यहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव, महान्यायधिवक्ता कार्यालयका नायब महान्यायधिवक्ता, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, अर्थ मन्त्रालयका सहसचिव, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक र वित्तीय जानकारी इकाईका प्रमुख रहनेछन् । नेपाल राष्ट्र बैंकका निर्देशक कार्यदलको सदस्य सचिव रहनेछन् ।

कार्यदलले सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी संलग्न निकायहरूबीच आवश्यक समन्वय पनि गर्ने जनाइएको छ ।