उपत्यकामा आज यसवर्षकै कम तापक्रम

उपत्यकामा आज यसवर्षकै कम तापक्रम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाडौं उपत्यकामा निरन्तर तापक्रम घट्न थालेपछि चिसो बढ्दै गएको छ । आज बिहान यसवर्षको सबैभन्दा कम न्यूनतम तापक्रम चार डिग्री सेल्सियस मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने छ । अहिले काठमाडौं उपत्यकासहित तराई/मधेसका केही क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।