काठमाण्डु– बुधबार सेयर बजारमा हरियाली छाएको छ । यस दिन नेप्से ४५.८८ अंकले बढेर परिसुचक २७१५ अंकमा कायम भएको छ ।
आज १ करोड १३ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्बको कारोबार भयो ।
कारोबारमा आएका २११ कम्पनीको सेयर मूल्य बढ्यो भने २९ कम्पनीको घट्यो । ३ कम्पनीको मूल्य भने स्थिर रह्यो ।
कारोबारका आधारमा जानकी फाइनान्स, रिभर फल्स पावर, एनआरएन इन्फ्राइन्सटक्चर क्रमसः अगाडि रहे । यस दिन बैंकिङ सेक्टर सबैभन्दा धेरै ३.४३ प्रतिशत बढ्यो ।
विकास बैंक १.६३, फाइनान्स १.८३, होटल तथा टुरिजम १.०५, हाइड्रोपावर १.९६, लगानी ०.७९, जीवन बीमा १.०७, उत्पादन ०.६०, माइक्रोफाइनान्स ०.४२, निर्जीवन बीमा १.०३, अन्य ०.५७ र व्यापार समूह १.५६ प्रतिशत बढे ।
न्यादी हाइड्रोपावरको ९.९, कुथेली बुखरी स्मल हाइड्रोपावरको ९.६, नारायणी डेभलपमेन्ट बैंकको ८.८, माथिल्लो मैलुङखोला जलविद्युतको ८.५ तथा राप्ति हाइड्रोको ७.१ प्रतिशत मूल्य बढ्यो ।
खानीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो ।




प्रतिक्रिया