जाजरकोटको नलगाडमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु

जाजरकोटको नलगाडमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु

file photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-जाजरकोटको नलगाड नगरपालिका–३ कटकेमा गाडी दुर्घटना भएको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । प्रहरीका अनुसार बोलेरो गाडी दुर्घटनामा परेर चार जनाको मृत्यु भएको हो ।

गएराति कालिमाटी बजारबाट कैना हुँदै कटके जाँदै गरेको नम्बर नखुलेको गाडी बिराखोलामा झरेको प्रहरीको भनाइ छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

दुर्घटनामा चालक इन्द्रजित थापासहित शारदा थापा, शिला पुन र लक्ष्मी पुनको मृत्यु भएको र अन्य दुई जना घाइतेलाई उपचारका लागि अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटाका डिउटी अफिसरले बताएका छन् । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।