दिगो विकास र शान्तिका लागि सहकार्य : आङसाङ सुकी

दिगो विकास र शान्तिका लागि सहकार्य : आङसाङ सुकी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – म्यान्मारका स्टेट काउन्सिलर आङसाङ सुकीले विश्वमा दिगो विकास र शान्ति स्थापनाका लागि सहकार्यमा जोड दिएकी छिन्।

शनिबारदेखि काठमाडौंमा शुरु भएको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ लाई सम्बोधन गर्दै उनले हरेक चुनौतीलाई अवसरका रुपमा लिई सकारात्मक सोचका साथ त्यसको सामना गर्न सक्नुपर्ने बताएका छन्।

दिगो विकास, समृद्धि र शान्ति सँगसँगै स्थापित हुनुपर्ने बताउँदै उनले पारस्परिक समृद्धि, सहकार्य र मानवीयतालाई प्राथमिकता दिएर मात्रै गरीबी, अशिक्षाजस्ता एशिया प्रशान्त क्षेत्रका साझा समस्याको समाधान गर्न सकिने उल्लेख गरे। सम्मेलनमा कम्बोडियाका प्रधानमन्त्री हुन सेन, भारतीय जनता पार्टीका नेता विजय जोलीलगायतले पनि सम्बोधन गर्नुभयो।

नेता जोलीले आफूले हरेक पटक नेपाल भ्रमणमा आउँदा भ्रातृत्वको सन्देश पाउने उल्लेख गर्दै भारत विश्वव्यापी शान्ति र विकासका लागि सहकार्य गर्न तयार रहेको बताए। आयोजक संस्था युनिभर्सल पिस फेडेरेशन (युपिएफ) अन्तर्राष्ट्रिय अध्यक्ष डा थोमस जी वास्लले स्वागत गर्दै सम्मेलनले दिगो विकासका लक्ष्य र शान्ति तथा सहकार्यका लागि सन्देश दिने बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेसँगै सम्मेलन शुरु भएको थियो। सम्मेलनमा आधा दर्जन मुलुकका राष्ट्ररसरकार प्रमुखका साथै अन्य मुलुकका विशिष्ट पाहुना सहभागी छन्। यस प्रकारको सम्मेलन नेपालमा पहिलोपटक भएको हो।