महिला यू-१९ एसिया कप : नेपाल र बंगलादेशको खेल आज, जिते सिधै फाइनलमा

महिला यू-१९ एसिया कप : नेपाल र बंगलादेशको खेल आज, जिते सिधै फाइनलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- महिला यु-१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपालले आज सुपर चारमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल नेपाली समय अनुसार आज बिहान ११ : ४५ बजे सुरु हुनेछ।

मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि ६ विकेटको शानदार जित निकालेको नेपालले भारतसँग अंक बाँडेको थियो। समूह चरणमा उपविजेता बन्दै सुपर चारमा पुगेको नेपालले बिहीबार श्रीलंकासँगसमेत अंक बाँडेपछि चार अंकसहित तालिकाको तेस्रो स्थानमा छ।

समूह ‘बी’को विजेता बन्दै सुपर चार पुगेको भारतको पाँच अंक छ। बंगलादेश र नेपालको समान चार अंक भए पनि रनरेटका आधारमा बंगलादेश तालिकाको दोस्रो स्थानमा छ।

श्रीलंका भने सुपर चारको तालिकामा तीन अंकका साथ अन्तिम स्थानमा छ। आजको खेलमा बंगलादेशलाई नेपालले हराए फाइनलमा पुग्नेछ। फाइनल आइतबार हुँदैछ।