काठमाण्डु – पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनसँग पनि सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले बिगो माग गर्दैै मुद्दा दायर गरेको छ ।
पुनसंग २ करोड १४ लाख ८ हजार ८ सय ४३ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाउँदै बिगो माग दाबी गरिएको हो ।
आइतबार जिल्ला अदालत कास्कीमा दायर भएको मुद्दामा पुनलाई प्रतिवादी बनाउँदै बिगो माग दाबी गरिएको हो ।
उनले सहकारीको बचतकर्ताहरूलाई विश्वस्त दिलाउने, आकर्षक व्याजदरको प्रलोभन देखाउने समेतका कार्यबाट छोटो समयमा ठूलो रकम बचत संकलन गरी गैर कानुनी लाभ लिने गरेको मुद्दामा उल्लेख छ ।
पुनले श्रीमती सविना आले मगरलाई सञ्चालक समितिमा राखी आफू अनुकुल बनाउनका लागि सोही अनुसारको सञ्चालक समितिबाट निर्णय गराएको पनि सरकारील वकिल कार्यालयले मुद्दामा उल्लेख गरेको छ ।
यही मुद्दामा गोर्खा मिडिया नेटवर्ककका तत्कालीनप्रबन्ध निर्देशक रास्वपा सभापति रवि लामिछानेसहित ६३ जनाविरुद्ध मुद्दा दायर भएको छ ।




प्रतिक्रिया