काठमाण्डु– नेपाली क्रिकेटर कुशल मल्लले इन्टरनेशनल लिग टी–२० खेल्ने भएका छन् । उनलाई दुवईको डेजर्ट वाइपर्सको टिमले तेस्रो सिजनका लागि अनुबन्ध गरेको हो ।
नेदरल्याण्ड्सका अलराउण्डर बास डे लिडेको स्थानमा मल्लले खेल्ने भएका छन् । डेजर्ट भाइपर्स क्रिकेटका निर्देशक टम मुडीले कुशललाई डेजर्ट वाइपर्समा स्वागत गर्न पाउँदा खुसी लागेको जनाएका छन् ।
प्रतियोगिताको तेस्रो संस्करण आगामी जनवरीमा सुरू हुँदैछ ।




प्रतिक्रिया