शोभा पाठकविरुद्ध ५ वर्ष कैदको माग गर्दै मुद्दा दर्ता

शोभा पाठकविरुद्ध ५ वर्ष कैदको माग गर्दै मुद्दा दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– शोभा पाठकविरुद्ध साइबर क्राइमको कसुरमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ।

राजकुमार त्रिपाठीले उनीविरुद्ध मंसिर १२ गते साइबर क्राइम, बेइजत र बदनामी गरेको भन्दै जाहेरी दिएका थिए।

जाहेरीमा पाठकले सामाजिक सञ्जालमार्फत बेइजत र मदनामी गरी सामाजिक जीवन नै समाप्त गरिदिएको आरोप लगाएका थिए।

उक्त जाहेरी पछि पाठकलाई पक्राउ गरी स्वयम्भू प्रहरी वृत्तले अनुसन्धान गरेको थियो।

सोही आरोपमा अनुसन्धानपछि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम सजाय माग गर्दै मुद्दा दायर भएको हो। उक्त कसुरमा एक लाख रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।