मेन्स एलिट कपका लागि सन्दीपको नेतृत्वमा बागमतीको टोली घोषणा

मेन्स एलिट कपका लागि सन्दीपको नेतृत्वमा बागमतीको टोली घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पुस २१ गतेदेखि सुरु हुने जय ट्रफी मेन्स एलिट कपका लागि बागमती प्रदेशको प्रारम्भिक टोली घोषणा भएको छ ।

बागमती प्रदेश क्रिकेट संघले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार नै प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । खेल तालिकाअनुसार बागमतीको पहिलो खेल पुस २१–२२ गतेसम्म मधेश प्रदेशसँग जनकपुरमा रहेको छ ।

प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेशको सहभागिता छ ।

सिङ्गल राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष २ टोलीबीचमा फाइनल खेल हुनेछ । क्यानका अनुसार लिग चरणका खेल २ दिवसीय ढाँचामा आयोजना हुनेछ । फाइनल खेल ३ दिवसीय खेलाइने छ ।

बागमती प्रदेशको प्रारम्भिक टोलीमा सन्दीप लामिछाने (कप्तान), सुर्य तामाङ, रिजन ढकाल, प्रतिस जिशी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम, इशान पाण्डे, विपिन आचार्य, रोविन जोशी, शुभ कसांकार, रोहन विके, अशोक पौडेल, सुर्यांशु कोइराला, नन्दन यादव, प्रतिक श्रेष्ठ, तिलकराज भण्डारी, दयानन्द मण्डल छन् ।