नक्कली डाक्टर बनेर लुटपाट गर्ने १ जना पक्राउ

नक्कली डाक्टर बनेर लुटपाट गर्ने १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नक्कली डाक्टर बनी लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

महोत्तरीको जलेश्वर नगरपालिका–२ हरिटोल ठेगाना भई ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने ३० वर्षीय डा. आलोक भन्ने जितेन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

पीडितलाई सामाजिक सञ्जाल फेसबूकमार्फत साथी बनाई आफू डाक्टर हुँ भनी भेटघाट एवं चिनजान गरी घरमा गई सुगर रोगीको उपचार गर्छु भन्दै औषधि खुवाई बेहोस बनाई कोठाभित्र रहेका सुन तथा चाँदीका गरगहनाहरू र नगद ३ लाख रूपैयाँ समेत चोरी गरेको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न मण्डललाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरी टोलीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ आरूखर्कबाट पक्राउ गरेको छ ।

प्रहरीले उनको साथबाट नगद ५९ हजार ३६० रूपैयाँ र मोबाइल ३ थान बरामद गरेको छ ।

उनलाई चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।