काठमाण्डु– नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आईतबार बस्नेतमाथि भ्रष्टाचार अनि सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको हो ।
भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा अख्तियारले मुद्दा दर्ता गरेपछि मेयर पदबाट निलम्बन भएका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेश कार्य समितिका निर्वाचित उपसभापति समेत रहेका बस्नेतमाथि मुद्दा चलेपछि कार्यवाहक मेयरको जिम्वेवारी उपमेयर सुशीला अधिकारीलाई दिइएको छ ।
अधिकारी नेकपा एमालेबाट दोस्रो पटक उपमेयर निर्वाचित भएकी थिइन् ।




प्रतिक्रिया