एकीकृत समाजवादीको कार्यालयमा पुगे बामदेव गौतम

एकीकृत समाजवादीको कार्यालयमा पुगे बामदेव गौतम


काठमाण्डु – पार्टी एकताबारे छलफल चलिरहेका बेला सोमबार राष्ट्रियसभा सदस्य एवं राष्ट्रिय एकता अभियानका संयोजक बामदेव गौतम नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पुगेका छन् ।

केन्द्रीय कार्यालय आलोकनगर पुगेर संयोजक गौतमले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

गौतम एकीकृत समाजवादीमा जान इच्छुक देखिएका छन् । उनलाई पार्टीको वरिष्ठ नेता बनाउने गरी भित्र्याउनेबारे एकीकृत समाजवादीले छलफल गरिरहेको छ ।