एलिट कप : सन्दीप लामिछानेको कप्तानीमा बागमतीको टोली घोषणा

एलिट कप : सन्दीप लामिछानेको कप्तानीमा बागमतीको टोली घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल क्रिकेट संघ (क्यान)का पूर्वअध्यक्ष जयकुमार नाथ शाहको सम्झनामा अर्काे सातादेखि जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिता हुँदैछ  ।

४ टोली सम्मिलीत उक्त एलिट कप क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशले टोली घोषणा गरेको छ ।

बागमती प्रदेश क्रिकेट संघले बिहीबार नेपाली राष्ट्रिय टोलीका खेलाडी सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

प्रतियोगितामा गत फेब्रुअरीमा भएको प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामा शीर्ष ४ मा परेका टोली नेपाल पुलिस क्लबसहित त्रिभुवन आर्मी क्लब, मधेस प्रदेश र बागमती प्रदेशले सहभागिता जनाउने छन् ।

बागमतीको टोलीमा सन्दीप लामिछाने (कप्तान), सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम, इशान पाण्डे, विपिन आचार्य, शुभ कसांकार, रोहन विक, सुर्यांशु कोइराला, नन्दन यादव, प्रतिक श्रेष्ठ र तिलकराज भण्डारी रहेका छन् ।

 खेल पुस २१ गतेदेखि माघ ३ गतेसम्म जनकपुर र पर्सामा  हुँदैछ ।