शेरा दरबारको जग्गा व्यक्ति,कम्पनीका नाममा गएको छ भने त्यो फिर्ता हुन्छ : गृहमन्त्री लेखक

शेरा दरबारको जग्गा व्यक्ति,कम्पनीका नाममा गएको छ भने त्यो फिर्ता हुन्छ : गृहमन्त्री लेखक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गृहमन्त्री रमेश लेखकले नुवाकोटको शेरा दरबारको जग्गा हिनामिनाबारे गम्भीर अनुसन्धान भइरहेको बताएका छन्।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा गृहमन्त्री लेखकले गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताएका हुन्।

गृहमन्त्री लेखकले भने, ‘शेरा दरबारको विषयमा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको छ। दोषी देखिए कानुन बमोजिम कारबाही अगाडि बढ्छ। त्यो जग्गा गलत ढगले कसै व्यक्ति, कम्पनीका नाममा गएको छ भने त्यो फिर्ता हुन्छ।’

समितिको आजको बैठकमा एमाले सांसद बासुदेव घिमिरेले यस विषयमा सरकारको जवाफ माग गरेका थिए।

समितिको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनविपरित भए त्यो जग्गा फिर्ता ल्याउन आग्रह गर्दै त्यसो गरेमा सरकारलाई धन्यवाद दिने बताएका थिए।

गृहमन्त्री लेखकले भने,’म पूर्वप्रधानमन्त्रीलाई धन्यवाद दिन तयार भएर बस्न आग्रह गर्दछु।’