बुवाको हत्या गरेको अभियोगमा छोराछोरी पक्राउ

बुवाको हत्या गरेको अभियोगमा छोराछोरी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा – आफ्नै बुबा ८० वर्षीय रामजान देवानको हत्या गरेको अभियोगमा पोखरीया नगरपालिका–८ जगतपुर बस्ने उनकी छोरी २० वर्षीया खुश्बु खातुन र १८ वर्षीय छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

छोराछोरीले घरायसी विवादको क्रममा सोमबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका रामजानको वीरगञ्ज हेल्थ केयर हुँदै न्यूरो अस्पताल वीरगञ्जमा थप उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।