काठमाण्डु- खो–खो विश्वकपमा शुक्रवार क्वार्टरफाइनलका खेल हुँदैछन् । भारतको नयाँ दिल्लीमा जारी विश्वकप प्रतियोगिताको महिला पुरुष दुवैतर्फका क्वाटरफाइनल खेल हुन लागेको हो ।
नेपाली महिला टोली समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ । समूह ‘सी’ को अन्तिम खेलमा नेपालले बिहीवार बङ्गलादेशलाई ८२–२४ ले हराएको थियो ।
समूह ‘सी’ मा रहेका भुटान र जर्मनी र श्रीलङ्का पनि नेपालसँग पराजित भएका थिए । समूह विजेता बनेको नेपालले चार खेलबाट १२ अङ्क जोडेको छ । बङ्गलादेश पनि ९ अङ्कसहित समूह उपविजेता बनेर क्वार्टरफाइनलमा पुग्न सफल भएको छ ।
पहिलो खो–खो विश्वकपमा नेपालबाट महिला र पुरुष दुवै टोलीले सहभागिता जनाएका छन् । पुरुषतर्फ प्रतियोगितामा शनिवार सेमिफाइनलको खेल हुनेछ भने आइतवार फाइनल खेल हुनेछ ।




प्रतिक्रिया