माइक्रो बस दुर्घटनामा १ जनाको मृत्यु, १२ घाइते

माइक्रो बस दुर्घटनामा १ जनाको मृत्यु, १२ घाइते

फाइल तस्विर ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट जनकपुर जाँदै गरेको बा ३ ख ८४४५ नम्बरको हायस माइक्रोबस सुनकोशी गाउँपालिका–६ कानढुंग्रे भन्ने स्थानमा गएराति दुर्घटना हुँदा धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर–१० का ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको हो ।

गुप्ताको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

गाडीको टायर अचानक पन्चर भएपछि अनियन्त्रित भएर सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो ।