काठमाण्डु – नेकपा एमालेका सासंद गोकुल बास्कोटाले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कटाक्ष गरेका छन् । गणतन्त्र खतरामा परेको अध्यक्ष प्रचण्डले जिकिर गरेपछि बास्कोटाले प्रचण्डमाथि कटाक्ष गरेका हुन् ।
शुक्रबार सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले प्रचण्डले सत्ता खुस्केको झोंक सिस्टम माथि पोख्न खोजेको टिप्प्णी गरेका छन् । उनले लेखेका छन् ‘कमरेड सुप्रिमोले सरकार मात्र नभै सिस्टम नै खतरामा परेको ऐलान फिस्सै नमानी पिट्दिन भ्याएछन । बढेमान नेताले सत्ता खुस्केको झोंक सिस्टम माथि नै पोख्न मिल्छ र भन्या? कि उनको लाइन पनि भुटान भ्रमण प्रभावी हो ? प्रमाण त छैन तर शंकाको सुविधा पाइयो । सजिलै गणतन्त्र खतरामा ? आउँछ के र को ? जवाफ खै?’
बिहीबार चितवनमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले सरकार यही ढंगले अघि बढे देशमा राजनीतिक दुर्घटना हुनसक्ने चेतावनी दिएका थिए । ‘अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै दुर्घटना हुने हो कि भन्ने खतरा पैदा भएको छ’, उनले भनेका थिए ।





प्रतिक्रिया