भ्रष्टाचार मुद्दामा इमरान खानलाई १४ वर्षको जेल सजाय

भ्रष्टाचार मुद्दामा इमरान खानलाई १४ वर्षको जेल सजाय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई इस्लामावादको एक अदालतले अल–कादिर ट्रस्टसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय सुनाएको छ ।

साथै खानलाई १० लाख रुपैयाँ जरिवाना पनि अदालतले तोकेको बीबीसीले जनाएको छ । सोही मामिलामा अदालतले इमरानकी पत्नी बुशरा बिबीलाई सात वर्षको जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना तोकेको छ ।

अदालतले अल कादिर ट्रस्टलाई नियन्त्रणमा लिन पनि सरकारलाई आदेश दिएको छ ।

अदालतले यो सजाय सुनाउँदा इमरान, उनकी श्रीमती र अन्य पीटीआई नेताहरू अदालतमा उपस्थित थिए ।

इमरान र उनकी पत्नीविरुद्ध १९० मिलियन पाउण्ड तथा अल–कादिर ट्रस्ट मुद्दा निजी आवास समाज बहरिया टाउनद्वारा अल–कादिर विश्वविद्यालयलाई ४५० कनल (५६ एकड)भन्दा बढी जग्गा दानसँग सम्बन्धित छ ।

पूर्वप्रधानमन्त्री खान र उनकी पत्नी अल–कादिर विश्वविद्यालयका ट्रस्टी हुन् ।