विचाराधीन विधेयकबारे सत्तापक्ष–प्रतिपक्ष एकैठाउँ, साझा धारणा बनाउने सहमति

विचाराधीन विधेयकबारे सत्तापक्ष–प्रतिपक्ष एकैठाउँ, साझा धारणा बनाउने सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संघीय संसद्मा विचाराधीन विधेयकबारे प्रमुख सत्तारुढ र प्रतिपक्षी दलबीच छलफल भएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रमुख सचेतकबीच शुक्रबार भएको छलफलमा साझा धारणा बनाएर अगाडि बढ्ने सहमति भएको छ ।

सिंहदरबारस्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा विचाराधीन विधेयकमा साझा अवधारणा बनाएर अगाडि बढाउने सहमति भएको नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए । उनले विधेयकलाई कसरी अगाडि बढाउने र चाँडो पारित गराउने भन्ने विषयमा छलफल भएको जानकारी दिए ।

संसद्लाई प्रभावकारी बनाउने र संसदीय प्रक्रियामा साझा धारणा बनाएर अगाडि बढ्ने निष्कर्ष बैठकले निकालेको एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए ।

बैठकमा कांग्रेसका प्रमुख सचेतक घिमिरे, एमालेका प्रमुख सचेतक बर्तौला, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपा प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए ।