सुक्खा पहिरो खस्दा कोशी राजमार्ग अवरुद्ध

सुक्खा पहिरो खस्दा कोशी राजमार्ग अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–३ सोम्बुङडाँडामा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

शुक्रबार दिउँसो सुक्खा पहिरो झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

पहिरो खसेपछि खाँदबारीबाट भोटखोलाको च्याम्ताङ जाने यातायातका साधन सञ्चालन हुन नसकेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।

करीब ३५ मिटर माथिबाट खसेको सुक्खा पहिरोले २० मिटरभन्दा बढी कच्ची सडक अवरुद्ध पारेको छ । ईलाका प्रहरी कार्यालय हटिया गोलाबाट गएको प्रहरी टोली र स्थानीयले पहिरो पन्छाउने प्रयास गरिरहेका जनाइएको छ ।