विपक्षीले प्रतिगमनको सेवा गरेको एमाले नेता थापाको टिप्पणी

विपक्षीले प्रतिगमनको सेवा गरेको एमाले नेता थापाको टिप्पणी


काठमाण्डु- एमालेका नेता तथा सांसद सूर्य थापाले विपक्षी गठबन्धनमाथि टिप्प्णी गरेका छन् ।

नेता थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत विपक्षी गठबन्धनले राजतन्त्रको पुनःस्थापना, प्रतिगमनको सेवा, सहकारी ठगी गर्न पाउनै पर्ने, भ्रष्टाचारको ढाकछोप, सत्ताको स्वाद मिलेर सझिनु पर्नेआदि साझा एजेण्डा बोकेको आरोप लगाएका हुन् ।

उनले लेखेका छन्, ‘२७५ सदस्यीय प्रतिनिधिसभामा, ८१ सदस्यीय मोर्चाबन्दी, राजतन्त्रको पुनःस्थापना, प्रतिगमनको सेवा, सहकारी ठगी गर्न पाउनै पर्ने, भ्रष्टाचारको ढाकछोप, सत्ताको स्वाद मिलेर सझिनुपर्ने आदि साझा एजेन्डाबिना चिल्लाको च्वाईच्वाईं ।’

शुक्रबार विपक्षी दलहरूले सरकारप्रति आक्रामक बन्दै संसद्मार्फत विधेयक ल्याउनुपर्नेमा त्यसको उल्लंनन गर्दै अध्यादेशमार्फत कानुन ल्याएको आरोप लगाएका थिए । उनीहरूले संसद्मा विचाराधीन विधेयकहरूलाई फिर्ता नगरी, सोही विषयमा गम्भीर प्रकृतिका कानुनहरू अध्यादेशमार्फत ल्याइएकोमा आपत्ति जनाएका थिए ।

सरकारको यस्तो कदमलाई खतरनाक, स्वेच्छाचारी र निरंकुश प्रवृत्ति भन्दै विपक्षीले आलोचना गरेका छन् ।