विराटनगरमा प्रचण्डको मर्निङवाकदेखि भक्काको स्वादसम्म (तस्वीरहरू)

विराटनगरमा प्रचण्डको मर्निङवाकदेखि भक्काको स्वादसम्म (तस्वीरहरू)


काठमाण्डु-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार बिहान विराटनगरमा हुस्सुकाबीच मनिङ्वाक गरेका छन् ।

उनले बिहानै विराटनगरको पोखरियाबाट मर्निङवाक गर्दै जलजलामोड, कोशी अस्पताल, सहिद रंगशाला हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि चियापान र भक्काको स्वाद लिएका छन् । मर्निङवाकमा उनीसँग पार्टीका कार्यकर्ताहरू पनि थिए । विराटनगरमा उनी छोरी गंगा दाहालको घरमा बसेका छन् ।

शुक्रबार साँझ विराटनगर पुगेका उनले राजवंशी समुदायको भक्काको स्वाद लिए ।

सामाजिक सञ्जालमा भक्का खाँदै गरेको तस्बिर राख्दै दाहालले राजवंशी समुदायको भक्काको स्वादसँगै दिनको सुरुवात गरेको उल्लेख गरेका छन् । साथै उनले शनिवार मोरङका जनसमुदायसँगको साक्षात्कारमा समेत हुने जानकारी गराएका छन् ।

उनले लेखेका छन्, ‘शुभ प्रभात! राजवंशी समुदायको भक्काको स्वादसँगै आजको दिनको सुरुवात गरेको छु । आज दिनभरजसो मोरङका जनसमुदायसँगको साक्षात्कारमा रहने छु ।’

दाहाल शनिबार विराटनगरको न्यू सृष्टि दैनिकको वार्षिकोत्सव र मोरङको ग्रामथान गाउँपालिकामा आयोजना हुने सभामा सहभागी हुने छन् ।

जिल्ला दौडाहाको क्रममा रहेका दाहाल अन्य ठाउँमा जाँदा पनि मर्निङवाक गरिररहेको देखिने गरेका छन् । अध्यक्ष दाहाल विराटनगरको कार्यक्रम सकेर शनिवार साँझ राजधानी फर्किने छन् ।