इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या

इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या


इरान – इरानको सर्वोच्च अदालतका दुई न्यायाधीशको हत्या गरिएको छ । राजधानी तेहरानमा सर्वोच्च अदालतबाहिर दुई वरिष्ठ न्यायाधीशको गोली हानी हत्या गरिएको इरानका सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

न्यायाधीश मोहम्मद मोगिसेह र होजातोलेस्लाम अली रेजिनीसहित दुई न्यायाधीशको मृत्यु भएको छ

यस आक्रमणमा अर्का न्यायाधीशसँगै एक अंगरक्षक पनि घाइते भएका छन् ।

आक्रमण कुन प्रयोजनका लागि गरिएको हो भन्ने अहिलेसम्म खुलेको छैन । मारिएका दुवै न्यायाधीशहरू ८० र ९० को दशकमा इस्लामिक शासनका विरोधीहरूको उत्पीडन र हत्यामा उनीहरूको भूमिकाका लागि परिचित थिए।

स्थानीय समय अनुसार बिहान १० बजेर ४५ मिनेटमा आक्रमण भएको हो ।

आक्रमणकारीले न्यायाधीशलाई गोली हानेपछि आत्महत्या गरेको बताइएको छ ।