काठमाण्डु – सरकारले संघीय संसद्को अधिवेशन १८ माघदेखि बोलाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच सोमबार भएको भेटमा संसद्को अधिवेशन १८ माघबाट बोलाउनेबारे कुराकानी भएको निकटस्थ स्रोतले जानकारी दियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय पनि सहभागी थिए ।
सोमबार (आज) बस्ने मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी रहेको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
सरकारले हिउँदे अधिवेशन बोलाउन ढिलाइ गरेको भन्दै प्रतिपक्षी दलहरूले विशेष अधिवेशन बोलाउन माग गर्ने तयारी गरेपछि सरकारले बोलाउने तयारी गरेको हो ।




प्रतिक्रिया