भारतमा सुरक्षाकर्मीसँग भिडन्त हुँदा १४ विद्रोही माओवादीको मृत्यु

भारतमा सुरक्षाकर्मीसँग भिडन्त हुँदा १४ विद्रोही माओवादीको मृत्यु


काठमाण्डु – भारतको छत्तीसगढमा सुरक्षाकर्मीसँग भिडन्त हुँदा १४ जना विद्रोही माओवादीको मृत्यु भएको छ ।

भारतीय सुरक्षा बलले मंगलबारको भिडन्तमा १ जना शीर्ष कमान्डरसहित कम्तीमा १४ जना माओवादी विद्रोहीलाई गोली हानेर मारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय गृहमन्त्री भिडन्तलाई हालैका लडाइँमध्ये सबैभन्दा ठूलो भएको दाबी गरेका छन् । गृह मन्त्रालयले मारिएका कमान्डर जयराम वा चलपति भनेर चिनिने नेता भएका र उनको टाउकोमा १ लाख १५ हजार डलरको इनाम रहेको जनाइएको छ ।

भारत सरकारले विद्रोही माओवादी विरुद्धको कारवाहीलाई तीब्र पारेको छ । सरकारी तथ्यांकअनुसार सन् २०२४ मा करीब २८७ माओवादी मारिएका छन् ।