एमाले नेता ऐन महरमाथि छानबिन अगाडि बढाउन अदालतको आदेश

एमाले नेता ऐन महरमाथि छानबिन अगाडि बढाउन अदालतको आदेश


काठमाण्डु – उच्च अदालत पाटनले नेकपा एमालेका नेता ऐन महरविरुद्ध बलात्कार मुद्दामा छानबिन अघि बढाउन आदेश दिएको छ ।

न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले बुधबार पीडितले दिएको जाहेरी तत्काल दर्ता गरी नेता महरमाथि छानबिन अघि बढाउन सरकारी वकिल कार्यालयका नाममा आदेश दिएको छ ।

सुदूरपश्चिमको बझाङ घर भएका महरविरुद्ध अनुसन्धानको माग गरी बलात्कार पीडित महिलाले काठमाण्डु प्रहरी परिसरमा जाहेरी दिए पनि अनुसन्धान नै नगरी प्रहरीले तामेलीमा राखिदिएपछि पीडितले उच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

पीडितको मागबमोजिम बुधबार उच्च अदालतले आदेश जारी गरेको छ । महर एमाले केन्द्रीय सदस्य छन् भने उनी अनेरास्ववियु पूर्वअध्यक्ष समेत हुन् ।