अखिल क्रान्तिकारीको केन्द्रीय समितिमा ५०० जनाको उम्मेदवारी दर्ता

अखिल क्रान्तिकारीको केन्द्रीय समितिमा ५०० जनाको उम्मेदवारी दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी नयाँ नेतृत्वका लागि ५०० जनाको उम्मेदवारी दर्ता भएको छ । अनलाइन प्रणालीबाट उम्मेदवारी दिएका केन्द्रीय समितिको पदाधिकारी, सचिवालय सदस्य, आयोगका पदाधिकारी तथा सदस्य गरेर ५०० जना उम्मेदवारको प्रारम्भिक नामावली निर्वाचन समितिले प्रकाशन गरेको हो ।

अखिल क्रान्तिकारीको २४३ जनाको केन्द्रीय समितिमा पदाधिकारी ३३, सचिवालय सदस्य, केन्द्रीय सदस्य १६२ जनाका लागि निर्वाचन हुन लागेको हो । मतदान १२ गते हुनेछ ।

पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य, आयोगका पदाधिकारी तथा सदस्य गरेर २४३ पदका लागि ५०० जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले जानकारी दिए । अनलाइन प्रणालीबाट दर्ता भएको मनोनयनअनुसार अध्यक्षमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई, विजयप्रकाश शर्मा, विश्वमणि थापा र योगेन्द्र बुढाले उम्मेदवारी दिएका हुन् ।

अध्यक्षमा उम्मेदवारी दिएका ६ जना नै यसअघि उपमहासचिव थिए । अध्यक्षका मुख्य दाबेदार मानिएका ३ जनामध्ये यादव वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नजिक मानिन्छन् । त्यस्तै पौडेल उपमहासचिव वर्षमान पुन तथा राई अर्का महासचिव जनार्दन शर्मा निकटका हुन् ।

महासचिवमा १० जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा पदमप्रसाद काफ्ले, प्रतीक कार्की, श्याम रोक्का, रोशन थापामगर, रोशन खड्का, गोविन्द बानिया, सन्जिव फुयाँल, तिर्सना हमाल, शिव बस्नेत र संजयकुमार महतो छन् । हमाल एक्ली महिला उम्मेदवार हुन् भने महतो मधेशी समुदायबाट उम्मेदवारी दिने एक्ला उम्मेदवार हुन् । यस्तै रोक्का पनि दलित समुदायबाट महासचिवमा उम्मेदवारी दिने एक्का उम्मेदवार हुन् । १० जनामा जसमा हमाल मात्रै यस अघि उपमहासचिव थिइन् भने काफ्ले, रोक्का, थापामगर, खड्का, बानिया, फुयाँल, महतो सचिव थिए भने बस्नेत र कार्की केन्द्रीय सदस्य थिए ।

यस्तै कोषाध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ । जसमा पारु चौलागाईँ, शिव श्रेष्ठ, महेन्द्र चन्द, गगन भट्टराई र फूलमाया रानामगर रहेका छन् ।

खुला तथा आरक्षण गरेर ९ उपाध्यक्ष पदका लागि ३७ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा ४ खुला उपाध्यक्षमा १८ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा ३ जना महिलाले पनि उम्मेदवारी दिएका छन् । खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिने मोवकी कार्की, देउमा जैशी (दिपा), बिराज थापा, रमेश आचार्य, समिर बढुाथोकी, भिष्मराज चौलागाई, मुना काप्री, योगश भट्टराई, राजिरमण न्यौपाने, देवेन्द्रराज शर्मा, खेम सिंह, मदन ढकाल, तुलसीराम न्यौपाने, नविन उपाध्याय, अटल आचार्य, बिनोद कोइराला, समिप खरेल र जिवन खड्का छन् ।

उपाध्यक्ष दलिततर्फ एक पदमा ५ जनाको उम्मेदवारी परेको छ । जसमा पदम नेपाली, उचित दास, कृष्णबहादुर सुनार, अविनाश रम्तेल र चित्र सुनारको उम्मेदवारी परेको हो । ५ जनामा ४ जना पहाडी दलित समुदायबाट उम्मेदवार रहेका छन् भने मधेशी दलित समुदायबाट दास एक्ला उम्मेदवार हुन् । यस्तै मधेशी उपाध्यक्ष १ पदमा ४ जनाको उम्मेदवारी परेको छ । जसमा अभयप्रताप चौबे, अभिमन्यु यादव, सन्जिवकुमार चौधरी र शिवमकुमार साह छन् ।

यस्तै उपाध्यक्ष खस आर्यतर्फ १ पदका लागि ५ जनाकै उम्मेदवारी परेको छ । जसमा सुरज भण्डारी, आशिष वास्ताकोटी, जनक बटाला, उमेश कडेँल र मिनराज आचार्य रहेका छन् भने उपाध्यक्ष आदिवासी जनजातितर्फ १ पदमका लागि २ जनाको उम्मेदवारी परेको छ । जसमा बुद्रोस लिम्बु मुना थापामगरको उम्मेदवारी परेको छ । उपाध्यक्ष छात्रातर्फ १ पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । जसमा पार्वती नेगी, ममता अधिकारी र मनिषा आचार्य छन् ।

९ पद रहेको उपमहासचिवमा ३० जनाको उम्मेदवारी परेको छ । जसमा मर्मजंग बम, सुशान्त ताम्राकार, नपेन्द्र थापा, विपीन पोखरेल, विवेककुमार शाह, ध्रुवबहादुर रावल, जटिल कार्की, रमेश बुढाथोकी, दियोजित ओली, रुकु बस्नेत, सन्दीप न्यौपाने, रविन खम्बू, नवीन शाही, उपेन्द्र जम्कट्टेल, विनायक तिमिल्सिना, प्रकाश अधिकारी, हिमाल महरा, रेशम अधिकारी, रामचन्द्र भट्ट, सुशान्त ताम्राकार, निरोज श्रेष्ठ, प्रेमराज उपाध्याय, विनोदबहादुर शाही, रंगमान मल्ल, निर्मला गौतम, विष्णु ढुंगेल, बेनुपराज खत्री, लालबहादुर साउद, गणेश ज्ञवाली र सम्राज राई छन् ।