सगरमाथाको सलामी दस्तुर बढ्यो

सगरमाथाको सलामी दस्तुर बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सरकारले सगरमाथा आरोहणमा विदेशीलगायतका आरोहीबाट संकलन गर्ने सलामी दस्तुर बढाएको छ । यसअघि ११ हजार अमेरिकी डलर सलामी दस्तुर रहेकोमा अब १५ हजार डलर पुर्‍याएको छ ।

पर्यटन विभागका महानिर्देशक नारायणप्रसाद रेग्मीका अनुसार हिमाल आरोहणसम्बन्धी दस्तुर हेरफेरलगायतका विषयमा संशोधन भएको पर्वतारोहण नियमावलीलाई मन्त्रिपरिषद्ले पारित गरेपछि सगरमाथा आरोहणमा यसअघि तोकिएकोे ११ हजार सलामी दस्तुरलाई १५ हजार अमेरिकी डलर पुर्‍याइएको हो ।

यसका साथै आरोहणदलमा संलग्न हुने कामदारहरूको सुरक्षा, बिमालगायतका विषयमा पनि नियम संशोधन भएका छन् । मन्त्रिपरिषद्ले पारित गरेको नियमावली केही दिनमा राजपत्रमा प्रकाशित हुने छ ।

नेपालले ८ हजार अग्ला ८ वटा हिमालसहित ४ सय ६१ वटा हिमाल आरोहणका लागि खुला गरेको छ ।