अखिल क्रान्तिकारीको अध्यक्षमा विजय सापकोटाको अग्रता

अखिल क्रान्तिकारीको अध्यक्षमा विजय सापकोटाको अग्रता


काठमाण्डु – नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको अध्यक्षमा विजय सापकोटाले सुरुआती अग्रता लिएका छन् ।

नेतृत्व चयनका लागि शनिबार भएको चुनावको मतगणना सुरु भएसँगै सापकोटाले अग्रता लिएका हुन् ।

लुम्बिनी प्रदेशबाट प्राप्त भएको मतगणनाको विवरणमा विजय सापकोटाले अग्रता पाएका छन् । हालसम्म ४० मतगणना हुँदा अध्यक्षमा सापकोटाले २२, हेमन्त राईले ११, सुदिन पौडेलले २ र उपदेश यादवले ० मत पाएका छन् ।

यसैबीच बागमती प्रदेशमा पनि मतगणना सुरु भएको छ । शनिबारै रातिसम्म मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ ।

अखिल क्रान्तिकारीमा अध्यक्षका लागि उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई र विजयप्रकाश शर्मा प्रतिस्पर्धामा थिए ।