मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु


काठमाण्डु – मोटरसाइकलको ठक्करबाट तनहुँमा १ पैदल यात्रीको मृत्यु भएको छ ।

शनिबार बिहान पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गल्छिनामा मोटरसाइकलले ठक्कर दिएको हो ।

मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–११ अलैंचेकी ५५ वर्षीया देवीमाया विक छन् । उनी छोरीको घर जान बाटो पार गर्दै गर्दा मोटरसाइकलले ठक्कर दिएको थियो ।

म्याग्दीको बेनीबाट चितवनतर्फ जाँदै गरेको ग१४प ४९५१ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि विक घाइते भएपछि बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी अशोक थापाले जानकारी दिए ।

मोटरसाइकल चालक बेनी नगरपालिका–७ का ४२ वर्षीय प्रेमबहादुर रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।