काठमाण्डु- नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बस्ने छ ।
संघीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।
बैठकमा सरकारले ल्याएका अध्यादेश, आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयक तथा यसअघि नै प्रस्तुत भइसकेका विधेयकहरूमाथि छलफल हुनेछ ।
१८ माघदेखि संघीय संसद्को अधिवेशन सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् । सरकारले केही विधेयक संसदमा पेस गर्ने तयारी गरेको छ । ती विधेयक छिटो पारित गर्ने सरकारमा सामेल दलहरूको तयारी छ ।
यसअघि माघ ३ गते कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बसेको थियो । बैठकले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई प्रभावकारी काम गर्न निर्देशन दिएको थियो ।




प्रतिक्रिया