काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले १८ माघमा प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् । सरकारले १८ माघदेखि संसद्को हिउँदे अधिवेशन आह्वान गरेको छ ।
अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
बर्तौलाले प्रधानमन्त्रीले अधिवेशनको पहिलो दिन सम्बोधन गर्ने जानकारी सभामुख देवराज घिमिरेलाई आफुले गराएको पनि बर्तौलाले जानकारी दिए । प्रधानमन्त्री ओली एमाले संसदीय दलका नेता हुन् ।
हिउँदे अधिवेशनबारे सभामुख देवराज घिमिरेले आज सत्तापक्षका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।




प्रतिक्रिया