यस्तो रहने छ आजको मौसम

यस्तो रहने छ आजको मौसम


काठमाण्डु- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश , गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

तराईका धेरै भूभागहरूमा बाक्लो हुस्सु कुहिरो लागेको अवस्था छ। बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

यता, काठमाडौंमा केही दिन बदली हुने भएको छ । पश्चिमी न्यूनचापीय प्रणाली केही सक्रिय हुँदा मौसम बदली हुने भएको हो ।

काठमाडौंमा सोमबार बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ६।१ डिग्री सेल्सियस रहेको छ । काठमाडौंमा दिउँसो अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्नेछ ।

मंगलबार र बुधबार पनि काठमाडौंमा मौसम बदली हुनेछ । यद्यपि, वर्षा हुने छैन ।