१०.६६ अंक घट्यो सेयर बजार

१०.६६ अंक घट्यो सेयर बजार


काठमाण्डु – सोमबार नेप्से परिसूचक १०.६६ अंक घटेर २६३३.२७ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स २.०७, फ्लोट इण्डेक्स ०.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६१ अंक घटेको छ।

आइतबार पनि घटेको नेप्सेले सोमबार त्यसैलाई निरन्तरता दिएको हो ।

नेप्सेसँगै सोमबार कारोबार रकम पनि घटेको छ। आइतबार ९ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज ३१२ स्टकको ८७ हजार ५६४ पटकको कारोबारमा ८ अर्ब ९२ करोड ४० लाख ६५ हजार रुपैयाँबराबरको १ करोड ७२ लाख ५३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढ्यो भने ८ उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.४६ प्रतिशत बढ्दा विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक सामान्य बढे ।

व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशत घट्दा अन्य र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटे ।

न्यादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । कम्पनीको शेयरमूल्य यस दिन ५८ रुपैयाँ ५० पैसा बढेर ६४३ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ८.४६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सिन्धु विकास बैंक शीर्ष स्थानमा रह्यो ।