काठमाण्डु – अभियन्ता आशिका तामाङलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ऋषिराम तिवारीले १० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने निर्णय गरेका छन् ।
अभद्र व्यवहारमा मुद्दामा उनलाई धरौटीमा रिहा गर्ने निर्णय गरिएको सीडीओ तिवारीले जानकारी दिए ।
उनलाई स्वयम्भूबाट पक्राउ गरेर प्रहरी वृत्त गौशालाले अनुसन्धान गरेको थियो । माघ २ गते उनी पक्राउ परेकी थिइन् ।




प्रतिक्रिया