चन्द्रागिरीका वडाध्यक्ष तामाङ भ्रष्टाचार मुद्दामा दोषी ठहर

चन्द्रागिरीका वडाध्यक्ष तामाङ भ्रष्टाचार मुद्दामा दोषी ठहर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चन्द्रागिरी नगरपालिकाको २ नम्बर वडाका वडाध्यक्ष भाइकृष्ण तामाङ भ्रष्टाचार आरोपमा दोषी ठहर भएका छन् ।

उद्योेगको ठाउँसारीका लागि सिफारिस गर्न ४ लाख घुस लिएको आरोपमा मुद्दा लागेका महर्जनलाई विशेष अदालतले दोषी ठहर गरेको छ ।

विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले तामाङलाई ६ महिना कैद र ४ लाख बिगो कायम गरी त्यति नै जरिवाना हुने फैसला गरेको छ ।

वडाध्यक्ष तामाङले ललितपुर महानगरपालिका–२२ नख्खुमा रहेको पी थ्री प्रोडक्टस् तथा भिष्ठा आइकोनिक प्रोडक्सन प्रालिको स्थानान्तरण गरी चन्द्रागिरी–२ वसुन्डोलमा ठाउँसारी गर्न र विद्युत् जडान समेतको सिफारिस लिनका लागि बिचौलियामार्फत घुस मागेको आरोप थियो । उनले त्यही वडाका ध्रुवबहादुर कडायतमार्फत २ लाख रुपैयाँ नगद र २ लाखको चेक लिएको उजुरीपछि अख्तियारले गत असार २० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।