बागमती प्रदेशसभा बैठक १८ गते बस्ने

बागमती प्रदेशसभा बैठक १८ गते बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा – बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेशसभा हिउँदे अधिवेशनको बैठक माघ १८ गते बिहान ११ बजे बस्ने गरी आह्वान गरेका छन् ।

माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकले माघ १८ गते बस्ने गरी हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेअनुसार प्रदेश प्रमुख देवकोटाले बैठक आह्वान गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

प्रदेश प्रमुखले बैठक आह्वान गरेको सूचनाको पत्र प्रदेशसभा सचिवालयमा मंगलबारै अपराह्नमा दर्ता गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।